Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

शान्ति सुब्बा
रुपन्देही, ८ माघ २०८०। इलाममा १४औँ संस्करणको पवित्राहाङमा कप-२०८० महिला फुटबल प्रतियोगिता संचालन हुने भएको छ । माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द रंगशालामा यहि माघ २३ देखि फागुन ३ गते सम्म प्रतियोगिता संचालन हुने आयोजक टिमले जनाएको छ । किरात धर्म गुरुआमा पवित्राहाङमा लिङ्देनको ६८औँ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ नुमाङगेन्ना महान् सेवाको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगितामा नेपाल, भारत र भुटानका गरि ८ फुटबल क्लबहरुले सहभागिता जनाउने भएको छ। सहभागि टिमहरुमा माङसेबुङ गाउँपालिका इलाम, नवदीप युवा क्लब मिक्लाजुङ मोरङ, कन्काइ नगरपालिका झापा, नमोबुद्ध युथ फुटबल क्लब सप्तरी, दिपेन्द्र शिखर फुटबल क्लब इलाम र जनसहयोग युवा मोरङ रहेका छन् । यस्तै, भारतबाट एम.एफ.सी दार्जिलिङ र भुटानबाट वि.वाइ.सी भुटान टिम सहभागी हुने खेलकुद विभागिय संयोजक मनप्रसाद आङ्बुहाङले जानकारी दिनुभयो ।

प्रतियोगितका विजेता टिमले ट्रफी र मेडल सहित नगद ३ लाख १ सय ६८ र उपविजेताले २ लाख १ सय ६८ रुपैयाँ पाउने जनाइएको छ ।
त्यस अवसरमा फुटबलबाहेक म्याराथुन, पक्लुङ लेप्मा, लठ्ठा तान्ने, हाँडी फुटाइ, कराँते लगायतका खेलहरु आयोजना गरिने जनाइएको छ। अन्य खेलहरुको विजेतालाई आकर्षक पुरस्कार प्रदान गरिने भएको छ ।
आत्मा–पवित्र हक्चात यक्चुम र महान सेवा समारोहको संयुक्त आयोजनामा संचालन हुने प्रतियोगितामा प्राविधिक सहयोग फुटबल संघ इलाम र प्रर्वद्धन माङसेबुङ गाउँपालिकाले गर्ने आयोजक टिमले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया