Online Bichar
सोमबार, फाल्गुण १४, २०८० | Monday, February 26, 2024

काठमाडौँ, ७ माघ २०८० । भारतको उत्तरप्रदेश राज्यको अमरोहामा मोबाइल हेर्दाहेर्दै पाँच वर्षीय एक बालिकाको मृत्यु भएको छ । हसनपुर क्षेत्रको हथियाखेडा गाउँ निवासी ती बालिका मोबाइलमा कार्टुन हेरिरहेकी थिइन् ।

मोबाइल अचानक हातबाट खसेर बालिका ढलेपछि परिवारजनले उनलाई गाउँकै एक चिकित्सककहाँ लगेका थिए । चिकित्सकले ती बालिकालाई मृत घोषित गरे । शनिबार बिहान ती बालिकाको अन्तिम संस्कार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मृतक बालिकाकी आमालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार ३० जनवरीमा ती बालिकाको पाँचौँ जन्मोत्सव मनाइएको थियो । बालिकाकी आमाका अनुसार उनकी छोरीलाई कुनै प्रकारको शारीरिक समस्या देखिएको थिएन । यद्यपि, पोस्टमार्टम नगरिएका कारण बालिकाको मृत्युको ठोस कारण यही नै हो भनेर किटान गर्न कठिन हुने मुख्य चिकित्सा अधिक्षक डा.सत्यपाल सिंहले जनाएका छन् । परिवारजनले सुनाएको विवरण अनुसार हृदयघातकै कारण मृत्यु भएको हुन सक्ने उनको भनाइ छ ।एजेन्सी

 

तपाईको प्रतिक्रिया