Online Bichar
सोमबार, फाल्गुण १४, २०८० | Monday, February 26, 2024

काठमाडौं, ७ माघ २०८० । यु-१९ विश्वकपअन्तर्गत न्युजिल्यान्डसँग जारी खेलमा नेपालले ४ विकेट गुमाएको छ। १७ ओभरमा नेपालले चार विकेट गुमाएको हो।

नेपालका ओपनर दीपक बोहोरा र अर्का खेलाडी उत्तम मगर शून्यमै आउट भए। कप्तान देव खनाल ३६ रन बनाएर पेभेलियन फर्किए भने आकाश त्रिपाठी २ रन बनाएर आउट भए।

ओ‌पनर अर्जुन कुमाल ३५ रन बनाएर खेलिरहेका छन्। नेपालले १७ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ८२ रन बनाएर खेलिरहेको छ। नेपालले ३०३ रनको लक्ष्य पछ्याइरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर ३०२ रन बनाएको थियो।

 

 

तपाईको प्रतिक्रिया