Online Bichar
बुधबार, आश्विन २३, २०८१ | Wednesday, October 9, 2024

काठमाडौँ, ७ माघ २०८० । जापानको यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । ‘इक्वेटर’ पनि भनिने सो यान चन्द्रमाको मध्यरेखानजिकै नियन्त्रित रूपमा अवतरण गरेको हो ।

यो सफलतासँगै एसियाली मुलुक जापान चन्द्रमामा नियन्त्रित रूपमा अवतरण गर्न सफल पाँचौँ देश बनेको छ । यसअघि अमेरिका, तत्कालीन सोभियत सङ्घ, चीन र भारत चन्द्रमामा पुगिसकेका छन् । जापानको यान चन्द्रमा पुगे पनि त्यसको सौर्य ऊर्जा प्रणालीमा समस्या देखिएकाले यो मिसनले लामो समय काम गर्न कठिन हुने देखिएको छ । यद्यपि इन्जिनियरहरू उक्त मिसनलाई जोगाउन लागिपरेका छन् ।

उनीहरूका अनुसार चन्द्रमामा प्रकाशको दिशा परिवर्तन हुँदा स्लिम पुनः सक्रिय हुन सक्ने सम्भावना रहन सक्छ । स्लिम अवतरण भएपछि त्यसबाट दुई साना रोभर निस्किएका थिए, जसले पृथ्वीतर्फ डेटा पठाउन थालेको जापानी अन्तरिक्ष निकायले जनाएको छ ।एजेन्सी

 

 

तपाईको प्रतिक्रिया