Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ५ माघ २०८० । स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक संस्थाका स्वास्थ्य बिमाअन्तर्गतको ओपिडी र इमर्जेन्सी शुल्क परिवर्तन गरेको छ ।

बिमा बोर्डको पुस २९ गते बसेको बोर्ड बैठकले माघ ८ गतेदेखि लागू हुने गरी सेवा प्रदायक संस्थाहरुका स्वास्थ्य बिमा अन्तर्गतको ओपिडी र इमर्जेन्सी परिवर्तन गरेको हो ।

बोर्डका शाखा अधिकृत यशोदा अर्यालका अनुसार बोर्डले बिमामा आबद्ध बिमितलाई लक्षित गरी सेवा प्रदायक संस्थाहरुको स्वास्थ्य बिमाअन्तर्गतको ओपिडीमा ५० र इमर्जेन्सीमा १ सय रुपियाँ शुल्क तोकेको हो ।

बोर्डका शाखा अर्यालले ओपिडी र इमर्जेन्सी शुल्क तोकी बिमा व्यवस्थापन सूचना प्रणालीमा मिलाइएको जानकारी दिनुभयो । सोही अनुसार शुल्क लागू गर्न बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरु अनुरोध गरेको छ ।

यस अघि बोर्डले ओपिडी शुल्क २ सय इमर्जेन्सीको शुल्क ४ सय रुपियाँ तोकेको थियो ।

तपाईको प्रतिक्रिया