काठमाडौँ, ३ माघ २०८० । दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगितामा भारत र भुटानका क्लब पनि खेल्ने भएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालले फागुन ११ गतेदेखि १९ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन लिगका क्लब र विदेशि क्लबहरू सहभागी हुने सङ्घका अध्यक्ष क्षितिज थेवेले जानकारी दिनुभयो । नकआउट शैलीमा हुने खेल सेमिफाइनलसम्म च्यासल रङ्गशालामा हुनेछ ।
फाइनल खेल दशरथ रङ्गशालामा हुनेछ । यसअघि प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा मच्छिन्द्र क्लबले सातदोबाटो यूथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो । प्रतियोगिताको फाइनलबाहेक सबै खेल च्यासलस्थित एन्फाको मैदानमा हुनेछ । फाइनल खेल भने दशरथ रंगशालमा हुने आयोजकले जनाएको छ । नेपालका ‘ए’ डिभिजन र विदेशी टोलीलाई प्रतियोगितामा सहभागी गराउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ११ लाख र दोस्रो टोलीले ५ लाख रुपियाँ पाउनेछन् । उत्कृष्ट खेलाडीले एक लाख रुपियाँ, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिने छ । हरेक खेलको ‘म्यान अफ दि म्याच’ले १५ हजार रुपियाँ प्राप्त गर्नेछन् ।