Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

ऐन प्रमाणीकरणको १५ दिने समयसीमा उल्लंघन भएको स्विकारे नगर प्रमुखले

झापा, २४ मङ्सीर । झापाको गौरादह नगरपालिका धमाधम ‘ब्याक डेट’को विवादास्पद गैर कानुनी निर्णयबाट चल्ने गरेको रहस्य खुलेको छ । गत असार ३२ गतेको नगर सभाले पास गरेका ६ वटा ऐन ब्याक डेटमा अगाडिको मिति हालेर ४ महिना पछि मात्र प्रमाणीकरण भएपछि यो विषय बाहिर आएको हो ।

स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ५को २१मा नगर सभाले पास गरेका ऐन विधेयक सभा सम्पन्न भएको मितिले १५ दिन भित्रमा सभाको अध्यक्षता गरेको ब्यक्तिले प्रमाणीकरण गर्नुपर्ने भन्ने स्पष्ट ब्यवस्था गरेको छ ।
नगरसभाको अध्यक्षता गरेका गौरादहका नगर प्रमुख रोहित कुमार शाह आफैंले ऐन उल्लंघन गर्दै निर्धारित समयसीमा भित्र नगरसभाले पास गरेका ऐन प्रमाणीकरण नगरेर मङ्सीर ९ गते मात्र प्रमाणीकरण गरेका हुन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

नगरसभा सम्पन्न भएको १ सय २६ दिन पछि ब्याक डेटमा श्रावण ६ गतेको मिति हालेर प्रमाणीकरण गरेको विशेष स्रोतले बताएको छ । असार मसान्तमा नगरसभाले पास गरेका उक्त ऐनहरुमा सहकारी ऐन, खेलकुद ऐन, संघसंस्था दर्ता ऐन, उपभोक्त समिति ऐन, आर्थिक बिनियोजन ऐन र आर्थिक ऐन रहेका थिए ।

स्थानीय सरकार संचालन ऐनमा स्पष्ट ब्यवस्था भएको ऐन, बिधेयक प्रमाणीकरणको समयसीमामा प्रमुखबाट ऐन प्रमाणीकरण नहुँदा चर महिनासम्म कार्यपालिका किन मौन बस्यो ? गौरादह नगरपालिका रहस्यमय ढंगबाट जनचाहाना बिपरित अपारदर्शी रुपामा संचालन भैरहेको बताए नाम नखुलाउने सर्तमा नगरपालिकाका एक कर्मचारीले ।

नगरसभाले पास गरेका ऐन विधेयकहरु समयमा प्रमाणीकरण नभएको कारण राजपत्रमा हालसम्मपनि प्रकाशन गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले बताए । ब्याक डेटको निर्णयबाट प्रमाणिकरण गरिए पनि राजपत्रमा हालसम्म प्रकाशन नहुँदा नगरपालिकाको कर्यसम्पादनको बैधतामा प्रश्न चिन्ह लाग्ने स्विकारे अधिकृत मिश्रले ।

स्थानीय सरकार संचालन ऐन २०७४ परिच्छेद १५ को १०२ मा नगरपालिका गाउँपालिका आफैले आफ्नोलागि स्थानीय कानुन बनाउनु पर्ने ब्यवस्था गरेको छ । नगरपालिका तथा गाउँपालिकाले बनाएको कानुन स्थानीय राजपत्रमा अनिवार्य प्रकाशन गर्नुपर्ने उल्लेख छ । राजपत्रमा प्रकाशन गरेपछिमात्र उक्त ऐन कार्यन्वयन हुने समेत उल्लेख छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

स्थानीय सरकार संचालन भएको १७ महिना बितिसक्दा पनि गौरादह नगरपालिकाले हाल सम्म नगर संचालन संवन्धी आवस्यक ऐन,कानुन, नियमावली तथा कार्यविधिहरु प्रमाणीकरण तथा राजपत्रमा प्रकाशन गर्न सकेको छैन् । उल्टै ब्याक डेटको गैर कानुनी निर्णय गर्दै कार्यपालिका अख्तियार दुरुपयोग गर्नमा अभ्यस्त भएको विषय छताछुल्ल भएको छ ।

 

ब्याक डेटमा ऐन प्रमाणीकरणबारे को के भन्छन् ?

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
नगर प्रमुख रोहित शाह

नगरप्रमुख रोहित शाह
ब्याक डेटको निर्णयको सत्य तथ्य के हो भन्ने प्रश्नको उत्तरमा अनलाइन बिचारसंग प्रमुख शाहले आफ्नो अस्वस्थताको कारण ढिलाइ भएको बताए । उनले आफ्नो हात भाँचिएको र ब्याण्डेज गरेको कारण लेख्न समस्या भएको त्यसैगरी सूचना अधिकृत र प्रमुख प्रशासकीय अधिकृतले ऐन प्रमाणीकरणको लागि हार्डकपी र सफ्टकपी समयमा उपलब्ध नगराएकाले ढिलाइ हुनगएको स्पष्ट पारे । प्रमाणीकरण गर्न ढिलाईहुनुको कारण आफूले कार्यपालिकाको बैठकमा जानकारी गराएरै गरेको उनको जिकिर छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
उपप्रमुख गीता भेट्वाल

 

उपप्रमुख गीता भेट्वाल
नगरसभाले पास गरेका वेधेयक सभाको अध्यक्षता गर्नेले प्रमाणीकरण गरेपछिमात्र ऐन बन्ने र राजपत्रमा प्रकाशन गरेपछिमात्र लागुहुने कानुनी ब्यवस्था भएको हुनाले कार्यपालिकाका प्रत्यक बैठकमा छिटो प्रमाणीकरण गर्नुपर्ने र राजपत्रमा तत्काल प्रकाशन गर्न आफूले कुरा राखेको तर प्रमुखको गैर जिम्मेवारीको कारण यो समस्या आएको उपप्रमुख गीता भेट्वालले बताइन् । नगरपालिकालाई बन्धक बनाउन नहुने र नगरपालिकालाई गति दिन यथाशिघ्र जनतालाई साँची राखेर महत्त्वपूर्ण केही निर्णयहरु गर्न आवस्यक रहेको उनी बताउछिन् । ब्याक डेटबाट निर्णय गर्ने प्रमुखबाटै सुरु हुन घतक रहेको भन्दै उनले दुःख ब्यक्त गरिन ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
कार्यपालिका सदस्य सिताराम भट्टराई

कार्यपालिका सदस्य सिताराम भट्टराई
गौरादह ९ का वार्ड अध्यक्ष तथा कार्यपालिकाका सदस्य सिताराम भट्टराई पनि ब्याक डेटमा निर्णय हुनु गलत भएको बताउदै ऐन कानुनको पालना सबैले इमान्दारिताका साथ गर्नुपर्ने बताउँछन् । नगरसभाले पास गरेका निर्णयहरु ऐनले तोकेको समयसीमा भित्र नै प्रमाणीकरण हुनुपर्दथ्यो तर ढिलाई हुनु राम्रो होइन उनको भनाई छ । कुनैपनि निर्णय सहमतिमा गर्दा पनि ऐन कानुनको समयसीमा सबैले पालना गर्नुपर्ने उनको ठम्याई छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
प्रवक्ता नगेन्द्र भण्डारी

प्रवक्ता नगेन्द्र भण्डारी
नगरप्रमुखले आफ्नै अध्यक्षतामा सम्पन्न नगरसभा तथा कार्यपालिकाको बैठकमा छलफल गरि ४ महिना अघि नै पास गरेका ६ वटा ऐन समयसीमा भित्रमा प्रमाणिकरण नगर्नु जनताको अपमान गर्नु तथा सुशासमा गम्भिर खलल पुर्याउनु हो भन्छन् वार्ड नम्मर १ का अध्यक्ष तथा नगर प्रबक्ता नगेन्द्र भण्डारी । भण्डारीका अनुसार भदौको कार्यपालिकाको वैठकले पास गरेका ७ वटा कार्यविधि पनि नगर प्रमुखले प्रमाणीकरण नगर्दा नगरपालिका अनिर्णयको बन्धक बनेको हो । कार्यपालिकाको प्रत्यक वैठकमा नगरप्रमुखलाई अनुरोध गर्दापनि प्रमाणीकरणममा लापारबाहि गरेको प्रबक्ताले आरोप लगाए । जो कोहीपनि ऐन कानुन भन्दा मथि छैन् सबैले ऐनको पालना गरेर अघिबढ्नुको बिकल्प नरहेको उनले बताए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
समाजसेवी पूर्णबहादुर कार्की

स्थानीय समाजसेवी पूर्णबहादुर कार्की
प्रमुख आँफैले नियम उल्लंघन गर्दा कार्यपालिका मौन बसेर अनुमोदन गर्नु र ब्याक डेटलाई स्विकार्नु भनेको कार्यपालिकाले मिलेमतोमा यस्ता थुप्रै संकास्पद निर्णयहरु गर्नेगरेको हुनसक्ने बताउछन् समाजसेवी पुर्णबहादुर कार्की । गौरादह नगरपालिकामा तत्काल अख्तियारले छानबिन सुरुगर्नुपर्ने उनको मागसमेत छ ।

तपाईको प्रतिक्रिया