Online Bichar
आइतबार, आषाढ १०, २०८१ | Sunday, June 23, 2024

काठमाडौँ, २८ पुस २०८० । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आज डा.पुकार चन्द्रको श्रेष्ठको नेतृत्वमा ३ वर्षीय बालकमा कलेजोको सफल प्रत्यारोपण भएको छ । पर्साको वीरगन्जका ३ वर्षीय बालकमा कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न भएको हो । उनलाई उनकी ३० वर्षीय आमाले कलेजो दान दिएकी हुन् ।

प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको वरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवम् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । यसै क्रममा आजसहित केन्द्रमा ४ दिन लगातार ४ वटा कलेजो प्रत्यारोपण गरिने पनि केन्द्रले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया