Online Bichar
सोमबार, फाल्गुण १४, २०८० | Monday, February 26, 2024

दोहा, २८ पुस २०८० । अस्ट्रेलियाले एसियन कप-२०२३ को समूह ‘बी’ को पहिलो खेलमा शनिबार भारतमाथि प्रभावशाली २–० को जित निकालेको छ । पहिलो हाफको गोलरहित बराबरीपछि पूर्वविजेता अस्ट्रेलियाले २ गोल गरेको हो ।

भारतीय गोल रक्षक गुरप्रित सिंह सिन्धुको कमजोर क्लियरेन्समा ज्याक्सन इरभिनले ५० औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि सब्टिच्युट खेलाडी जोर्डन बसले नजिकको दूरीबाट ७३ औं मिनेटमा दोस्रो गोल थपे ।

यस जितसँग अस्ट्रेलिया ३ अंकमा समूहको शीर्ष स्थानमा रह्यो र उसको नकआउट चरण प्रवेशको सम्भावना बलियो भएको छ । यो समूहको अर्को दुई टिम सिरिया र उज्वेकिस्तान रहेका छन् ।

 

तपाईको प्रतिक्रिया