Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

वीरगन्ज, २४ मंसिर । गाउँमा एउटै पसल छैन । स्वास्थ्य चौकी त परको कुरा, औषधि पसलसम्म छैन। सडक छैन ।

भनेको बेला मोबाइल नेटवर्कले काम गर्दैन। आश्चर्य त के भने गाउँभरिमा एउटै धारा वा चापाकल छैन।

यो खबर आजको अन्नपुर्ण पोष्टमा छ, सरकारीको नाउँमा एउटा प्राथमिक स्कुलको थोत्रो भवन छ । यहाँका मान्छे जंगली जन्तुबाट जोगिएर जीवन बिताइरहेका छन्। यो सिकारीवास गाउँ हो र यहाँ राज्य छैन।

सिकारीवास पर्साको ठोरी गाँउपालिका–३ मा पर्छ। वीरगन्ज–ठोरी हुलाकी सडक खण्डमा पर्ने ब्रम्हनगर गाँउको चोकबाट उत्तरतिर सात किलोमिटर जंगलको गोरेटो पार गरेपछि पुगिन्छ सिकारीवास। यो गाउँ अहिले खोरिया फाँडेर बसाइएको होइन।

ठोरी गाउँपालिकाकै पुरानो बस्ती सिकारीवास डेढ सय वर्ष पहिले बसाइएको हो। पर्सा र चितवन राष्ट्रिय निकुञ्जबीचमा छ यो बस्ती। यहाँका बासिन्दा स्वास्थ्य, शिक्षा, पिउने पानी, सडकजस्ता राज्यबाट पाउनुपर्ने सबै सुविधाबाट वञ्चित छन्।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया