Online Bichar
बुधबार, आषाढ ०६, २०८१ | Wednesday, June 19, 2024

काठमाडौँ, २४ पुस २०८० । जनकपुरबाट हराएको बस सिराहामा भेटिएको छ । मंगलबार ना.४ ख २३२७ नम्बरको नवदुर्गा ट्राभल्सको बस चोरी भएको भन्दै बस धनीले प्रहरीमा उजुरी गरेका हुन् । सो बस सिराहको गोलबजार नगरपालिका वडा नम्बर–७ मा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रन्जन अवाले बताए ।

जनकपुर उपमहानगरपालिका–३० स्थित बसपार्कमा सो बस सोमबार साँझ देखी पार्किङ गरेर राखिएको थियो । बस चोरीमा संलग्नहरुबारे अनुसन्धान भइरहेको डिएसपी अवाले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया