Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

काठमाडौं, २३ मंसिर । काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका २ का ३२ वर्षीय सन्तोष अवस्थी र उनकी श्रीमती २७ वर्षीया निलु अवस्थीलाई नियन्त्रित लागूऔषध डाइजेपाम र फेनारगन ३० एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले कोठामा बिक्री बितरणको लागि उक्त लागूऔषध लुकाइ छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित दुवैजनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments