Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २३ पुस २०८० । पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकाल सम्मानित भएका छन् । माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले १५ औं वार्षिक साधारण सभाको अवसर पारेर पत्रकार ढकाललाई सम्मान गरेको हो ।

पूर्वाञ्चल डेली डटकमका सम्पादक समेत रहेका ढकाललाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य एकराज कार्कीले सम्मान पत्र प्रदान गरेका थिए ।
सहकारीका अध्यक्ष देवेन्द्र कुमार सिंहले दोसल्ला ओढाउँदै नगद प्रदान गरेको कार्यक्रममा सम्मानित ढकालको जीवनी सहकारीका लेखा सुपरिवेक्षण समिति संयोजक मनोज कुमार साहले वाचन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया