Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

एजेन्सी, २३ पुस २०८० । बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद चौथौ कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।

बंगलादेशमा आइतबार सम्पन्न भएको आम निर्वाचनमा वाजेदको अवामी लिग पार्टीले ३ सय सिटमध्ये कम्तिमा १ सय ५२ सिटमा जीत हासिल गरेको हो ।

प्रमुख विपक्षी बंगलादेश नेशनलिष्ट पार्टीले बहिष्कार गरेको चुनावलाई सो पार्टीले ठगीको संज्ञा दिएको छ । आमनिर्वाचनमा ४० प्रतिशत मत मात्रै खसेको बताइएको छ ।

स्वतन्त्र उम्मेदवार दिएका अवामी लिगकै थप ४५ उम्मेदवार पनि विजयी भएका छन् । राष्ट्रिय पार्टीले ८ सिटमा जीत हासिल गरेको छ ।

सन् १९९६ मा पहिलोपटक प्रधानमन्त्री बन्नुभएका वाजेद सन् २००९ मा पुन निर्वाचित हुनुभएको थियो । उहाँको यो लगातार चौथो तथा समग्रमा पाँचौ कार्यकाल हो । पूर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई भ्रष्टाचारको आरोपमा जेल चलान गरेपछि बंगलादेशको राजनीति खलबलिएको छ ।

तपाईको प्रतिक्रिया