Online Bichar
शनिबार, जेठ १२, २०८१ | Saturday, May 25, 2024

झापा, २३ पुस २०८० । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर-३ ले लुडो र क्यारम खेल्न प्रतिबन्ध लगाएको छ । आइतबार बसेको वडा समितिको बैठकले लुडो र क्यारम खेल्न प्रतिबन्ध लगाएको वडाध्यक्ष भीष्म बुढाथोकीले जानकारी दिए ।

वडाध्यक्ष बुढाथोकीले लुडो र क्यारमजस्ता खेलले युवाहरूलाई दुर्व्यसनमा फसाउन सघाउ पुगेको दाबी गर्दै उनले भने,’केही समय हेरौँ, के बदलाव आउँछ ।’ वडाध्यक्ष बुढाथोकीले सार्वजनिक स्थानमा लुडो र क्यारम खेल्नेहरूले हल्ला गर्ने गरेको गुनासो आएपछि यस्तो कदम चालिएको बताए । क्यारम र लुडो खेलाउने पसललाई पहिलो पटकका लागि ५ रुपैयाँ जरिवाना गरिने पनि उनले जानकारी दिए ।

वडा समितिको निर्णयप्रति स्थानीयवासीहरुले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका छन् ।

तपाईको प्रतिक्रिया