Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

धनकुटा । प्रदेश नं १ को राजधानी धनकुटा तोकिनु पर्ने माग गर्दै धनकुटावासीले आज पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा धर्ना दिएका छन् । यस अघि उनीहरुले प्रधानमन्त्रीलाई सम्बोधन गरिएको एक ज्ञापनपत्र पनि बुझाएका थिए ।

धनकुटाको मदनचौकबाट अघि बढेका जुलुश बजार परिक्रमापछि क्षेत्रीय प्रशासन कार्यालय धनकुटा पुगेको हो । सुरक्षा, भौतिक संरचनाका साथै भौगोलिक रुपले समेत धनकुटा प्रादेशिक राजधानीका उपयुक्त भएको दाबी गर्दै उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले यसमा सरकारलाई दबाब दिन कार्यालयमा धर्ना दिएको बताए।

धनकुटालाई प्रदेश नं १ को केन्द्र बनाउन गएको ३ दिनदेखि आन्दोलनको अगुवाइ गरिरहेका धनकुटा उद्योग वाणिज्य संघ र नागरिक समाजले यहाँ प्रादेशिक मन्त्रालयका लागि भौतिक संरचना र पर्याप्त सरकारी जमिन रहेकोतर्फ ध्यानाकर्षण गराउँदै आएको छ ।

जिल्लावासीले बुझाएको ज्ञापनपत्रमा धनकुटा ऐतिहासिक ठाउँ भएकाले यसको विकास र समृद्धिका लागि राजधानी बनाउन आवश्यक रहेको उल्लेख छ । धनकुटामा ३ सय ९१ वटा सरकारी भवन र शहरी विकासको नाममा करिव ३ सय रोपनी जग्गा रहेको छ । यस अतिरिक्त विद्युत् प्राधिकरण र धनकुटा नगरपालिकाका स्वामित्वमा पनि थुप्रै जग्गा रहेको छ । ज्ञापनपत्र बुझ्दै निमित्त क्षेत्रीय प्रशासक शेवन्त दाहालले जिल्लावासीको मागलाई प्रधानमन्त्रीको कार्यालय समक्ष पु¥याइदिने वचन दिएका थिए। रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments