Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौँ, २३ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक मंसिर २९ गते बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा शनिबार दिउँसो १ बजेका लागि बैठक डाकिएको हो।

अध्यक्षहरू र महासचिव समयमै उपस्थित नभएको भन्दै नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम बालुवाटारबाट बाहिरिएपछि शनिबार अपरान्ह बसेको सचिवालय बैठकले २९ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो।

नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ।

सेतोपाटीबाट

तपाईको प्रतिक्रिया