Online Bichar
शनिबार, जेठ १२, २०८१ | Saturday, May 25, 2024

एजेन्सी, १९ पुस २०८० । जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ । जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्यांकअनुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो ।

सोमवार इशिकावा प्रान्तको नोटो क्षेत्रमा ७।६ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो ।

भूकम्प पीडितको उद्धार तथा राहत वितरण अहिले पनि जारी रहेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया