Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

२३ मंसिर । सुन्दर यातायात प्रालिले ३ वटा ठूला विद्युतीय गाडी ल्याउन लागेको छ। चिनियाँ कम्पनी बिएकेले निर्माण गरेको उक्त बस चालकसहित ४५ सिट क्षमताको छ।

गाडीमा सिसि क्यामरा, जिपिएस, उभिएर यात्रा गर्नेको लागि ह्याङ्गर र अपांगमैत्री रहेको सुन्दर यातायातले जनाएको छ।

भाडा लेनदेनमा कठिनाइ नहोस् भन्ने उद्धेश्यले सुन्दर यातायातले सुन्दर भेइकल पब्लिक रिचार्ज कार्डको व्यवस्था गर्न लागेको छ भने गाडीमा मोबाइलबाटै पैसा तिर्न मिल्ने प्रविधिसमेत रहेको सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए।

गाडीको परीक्षण गरेपछि एनसेल, एनटिसी लगायतका दूरसञ्चार प्रदायक कम्पनीसँग मोबाइलको ब्यालेन्सबाट भाडा तिर्न मिल्ने सम्झौता गरिने, त्यस्तै ई(सेवा, खल्तीजस्ता ई(पेमेण्ट कम्पनीहरूसँग सहकार्य गरिने उनले जानकारी दिए।

‘यो सँगै जेष्ठ नागरिक, अपांगहरूलाई सरकारले तोकेको बाहेक पनि सहुलियत दिने हाम्रो उद्धेश्य छ,’ थापाले सेतोपाटीसँग भने।

गाडीको टायर र स्प्रिङ पत्ता परिवर्तन गरी ग्राउण्ड क्लेयरेन्स २३० एमएम बनाउने थापाले जानकारी दिए। कम्पनीले यो गाडीलाई ७ वर्ष वारेन्टी प्रदान गरेको छ।

यी गाडीमध्ये २ वटा रिङरोडमा र एउटा भित्री सडकमा चलाउने सुन्दर यातायातको लक्ष्य छ। ३ वटै गाडी ३० दिनभित्र आइपुग्ने थापाले जानकारी दिए।

‘धेरैमा ३० दिनभित्र आइपुग्छ र २ महिनाभित्र अरु १० वटा पनि आउँछ। ५०र६० वटा विद्युतीय गाडी ल्याउने हाम्रो लक्ष्य हो’ उनले भने।

यी गाडीको मूल्य करिब १ करोड ८७ लाख पर्ने सुन्दर यातायातले जनाएको छ।

विद्युतीय सवारीसम्बन्धी नियमावली नबनेको कारण व्यवसायीहरू लगानी गर्न आकर्षित हुन नसकेको उनले स्पष्ट पारे।

‘विद्युतीय सवारीको नियमावली छैन, हामीले केलाई आधार मानेर काम गर्ने ? व्यवसायीलाई पनि आफ्नो लगानी सुरक्षित हुने वातावरण सरकारले बनाइदिनु पर्यो नि’ थापाले गुनासो पोखे।

सरकारको नीति तथा कार्यक्रममा विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने भनिए पनि त्यो गफमा मात्र सीमित भएको उनले बताए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments