Online Bichar
सोमबार, बैशाख ०३, २०८१ | Monday, April 15, 2024

काठमाडौँ, १६ पुस २०८० । कोशी प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको दोस्रो क्वालिफायर खेलमा कोशीले साविक विजेता सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हरायो ।

फाइनलमा कोशीले बुधबार एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । जितको लागि ८९ रनको मध्यम लक्ष्य पछ्याएको कोशीले १३ ओभरमा एक विकेटको क्षमितमा लक्ष्य पूरा गरेको थियो । कोशीको जितमा काजोल श्रेष्ठले अविजित ३८ रन बनाउनुभयो । रुविना क्षेत्री बेलबासे ३७ र अप्सरी बेगमले १२ रन बनाउनुभयो । बलिङमा सुदूरपश्चिमकी लक्ष्मी साउदले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ८८ रन बनाएको थियो । सुदूरपश्चिमको लागि सम्झना खड्काले २४ रन बनाउनुभयो । विन्दु रावलले १७ रन जोड्नुभयो ।

अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा कोशीकी संगिता राईले दुई विकेट लिनुभयो। सबनम राई, एलिसा खडिया र निशा शाहले एक एक विकेट झार्नुभयो ।

 

तपाईको प्रतिक्रिया