Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २३ मंसिर  । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेहरुले नै ठूलो स्वरमा म भ्रष्टाचार गर्दिन भन्ने गरेको बताएका छन् ।

भ्रष्टाचारबिरुद्धको दिवससको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार गर्नुपर्छ कसैले नभन्ने तर भ्रष्टाचार गर्ने गरेको गुनासो गरे ।

‘अचम्म लाग्दो कुरो त के छ भने भ्रष्टाचार हुनुपर्छ कसैले भन्दैन तर भ्रष्टाचार गर्दाे रहेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले भ्रष्टाचार गर्छु भन्ने मान्छे भेटेको छैन तर भकोभई छ । भनेपछि यो कति डरलाग्दो छ ?’

उनले सानोतिनो भ्रष्टाचार देखिने तर ठूलाठूला भ्रष्टाचार नदेखिएको उल्लेख गर्दै मान्छेले बुद्धिलाई कुठाउँमा प्रयोग गर्दा भ्रष्टाचार भएको उनको भनाइ छ । ‘सानो डण्डिफोर देखिन्छ तर ठूलोठूलो देखिदैन,’ उनले भने, ‘मान्छे बुद्धिजीवी छ, चलाखी छ, बुद्धि कुठाउँमा प्रयोग गर्छ र भ्रष्टाचार गर्छ । मूर्ख भएको भए भ्रष्टाचार हुँदैन्थ्यो ।’

सोही अवसरमा प्रधानमन्त्री ओलीले ‘म भ्रष्टाचार गर्दिन भन्ने’ नारा सतप्रतिशत कार्यान्वयन भएको दावी गरेका छन् । अब ‘म गर्न दिन्न’ भन्ने कार्यान्वयन गर्ने कोसिस गर्ने उनले बताए । त्यसका लागि निर्मम तरिकाले जाने उनको भनाइ छ ।

सभ्य र सुसंस्कृत समाज निर्माणको बाधा नै भ्रष्टाचार भएको भन्दै प्रधानमन्त्री ओलीले अहिले नै अनुकुल समय भएको बताए । ‘भ्रष्टाचार नियन्त्रणका लागि कानून, शिक्षा, र संरचनाको आवश्यकता छ । त्यो सबै अहिले हामीसँग छ । त्यसकारण अहिले नियन्त्रणका लागि अनुकुल समय छ’ उनले भने ।

प्रधानमन्त्री ओलीले सबै जनप्रतिनिधि, स्थानीय सरकारको मर्यादा बढोस् भन्ने कामना गर्दै कर्मचारी भ्रष्ट र घुस्याहा भयो भन्ने सन्देश जनतामा पर्न नहुने बताए ।

तपाईको प्रतिक्रिया