Online Bichar
सोमबार, बैशाख ०३, २०८१ | Monday, April 15, 2024

झापा, १६ पुस २०८० । झापाको एक कुखुरा पोल्टि फर्ममा आगलागी भएको छ । आईतबार बेलुकी अन्दाजी ८ बजेको समयमा झापा गाउँपालिका३- फुलबारी टोल बस्ने ईन्दिरा कटुवाल खड्काले संचालन गर्दै आउनुभएको टु ब्रोदर्स पोल्टि फर्ममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीबाट १ हजार चल्ला, २२ बोरा कुखुराको दाना र पोल्टि फर्म पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी मूल्य १५ लाख मूल्य बराबरको क्षति भएको प्रवक्ता रिजालले बताउनुभयो । आगलागी भएको को खबर प्राप्त हुन साथ प्रहरी चौकी टाघनडुब्बाको प्रहरीको टोली, दमकल र स्थानीयबासीको सहयोगमा राती ८ः५० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया