Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २३ मंसिर  । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पशुपतिनाथ मन्दिरबाट सिन्धुलीगढी हुँदै जनकपुरको जानकी मन्दिरसम्म साइकल यात्रा सुरु गरिएको छ ।

साइकल यात्रीलाई पशुपति क्षेत्रबाट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले विदाइ गरे । यात्रामा ११५ जना साइकलिस्ट सहभागी रहेको आयोजक समितिका सौरभ ढकालले जानकारी दिए ।

आज पहिलो दिन साइकल यात्रीहरु सिन्धुलीको मुलकोटमा बास बस्ने छन् । सोमबार सिन्धुलीगढी र मंगलबार जनकपुर पुग्ने कार्यक्रम छ । काठमाडौंबाट साइकल चढेर जनकपुर पुग्ने टोली फर्किँदा भने गाडी चढ्ने छ ।

सिन्धुलीलाई पनि धार्मिक पर्यटनसँग जोड्ने उद्देश्यले विवाह पञ्चमीको अवसर पारेर साइकल यात्रा आयोजना गरिएको ढकालले बताए ।

सन् २०१६ बाट सुरु गरिएको यो कार्यक्रम तेस्रो संस्करण हो । साइकल यात्रामा समृद्ध सिन्धुली अभियान, सानो पाइला, फ्याक्ट नेपाल, कमलामाई नगरपालिका, ट्राभल बुक लगायतका संस्थाले साथ दिएका छन् ।

तपाईको प्रतिक्रिया