Online Bichar
आइतबार, माघ १३, २०८१ | Sunday, January 26, 2025

काठमाडौं, १३ पुस २०८०। ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ ।

उहाँ सवार गाडीको हावा खोलेर आगो लगाइएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा एक जना घाइने भएको जानकारी महानगरीय प्रहरी परिसर ललितपुरका वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।

यसैगरी, केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले आज ९शुक्रबार० रोजगार अनुमति प्रणाली ९इपिएस० आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्रीज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्‍याएको छ ।” ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।

 

तपाईको प्रतिक्रिया