Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

इलाम, २३ मंसिर  । इलामको फाकफोकथुम गाउँपालिका ४ फूएतप्पामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

गएराति को १ प ३३३९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा फाकफोकथुम गाउँपालिका ३ आमचोक निवासी ८३ वर्षीय बीर्खबहादुर लकान्द्रीको मृत्यु भएको हो ।

मोटरसाइकलले ठक्कर दिएपछि लकान्द्रीलाई उपचारका लागि रबिस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि झापाको विर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल चालक वसन्त मगरलाई विर्तामोड इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया