Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ११ पुस २०८० । नेपाल सुपर लिग एनएसएल फुटबलको उपाधि विजेताले ७० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ ।

आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेज्मेन्ट प्रालिले आज बुधबार पहिलो संस्करणको तुलनामा पुरस्कार रकममा शतप्रतिशत वृद्धि गरेको घोषणा गरेको हो ।

पहिलो संस्करणको विजेता काठमाडौंले ३५ लाख रुपैयाँ पाएको थियो । तर यसपटकको विजेताले ७० लाख रुपैयाँ पाउने छन् ।

यस्तै उपविजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउने छन् । यस्तै प्रतियोगिताको शीर्ष गोलकर्ता, प्रतियोगिताको उत्कृष्ट गोलकिपर र प्रतियोगिताको उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

धनगढी एफसी एनएसएलको फाइनलमा पुगिसकेको छ । भोलि बिहीबार हुने पोखरा थन्डर्स र ललितपुर सिटीबीचको खेलको विजेता पनि फाइनलमा पुग्ने छ ।

 

तपाईको प्रतिक्रिया