Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

बुटवल, १० पुस २०८० । प्रथम एमजी कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मंगलबार रुपन्देहीमा सम्पन्न भएको छ । प्रतियोगितामा मेन्स डबल खुल्लातर्फ बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडीले उपाधिमा कब्जा जमाउन सफल भयो । द्वितीय स्थानमा लाफा ब्याडमिन्टनका तर्फबाट विवेक न्यौपाने र मनोज फौजदार भएका छन् ।

विजेता टिमले प्रथम पुरस्कार नगद ४० हजार तथा कप मेडल र द्वितीयले २५ हजार तथा कप मेडल प्राप्त गरे । भेट्रानतर्फ काठमाडौँ कालीका क्लबका राम केसी र इन्द्र महताले उपाधि चुम्न सफल भए ।

सो अवसरमा बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्दे बुटवल भौतिक विकास मात्र नभई खेलकुद रूपमा पनि चिनाउनुपर्ने बताए ।

 

तपाईको प्रतिक्रिया