Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १० पुस २०८० । उत्तरपश्चिम पाकिस्तानमा घरमा आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा एक घरमा आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यो घटना एबोटाबाद जिल्लामा भएको हो । जहाँ घरमा आगलागी भएपछि परिवारका नौ सदस्यहरुको मृत्यु भएको हो ।

सर्ट सर्किटका कारण आगलागी भएको र त्यहाँका बासिन्दाले नियन्त्रण गर्न नपाउँदै घरभरि नै आगो लागेको प्रहरीले जनाएको छ । शव पहिचानका लागि नजिकैको अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

 

तपाईको प्रतिक्रिया