Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १० पुस २०८० । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउने र परिणाम दिनेगरी अघि बढिरहेको बताउनुभएको छ । मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा १३१ औं माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले राष्ट्रको नाममा सम्बोधन गर्दा आफूले वर्ष दिनमा गरेका काम र अब गर्ने कामहरुका बारेमा जनतालाई जानकारी गराउने बताउनुभयो । उहाँले परम्परा तोडेर प्रधानमन्त्रीको रुपमा नयाँ काम गर्ने योजना आफ्नो रहेको बताउनु भयो । उहाँले सिंहदरबारको कामलाई व्यवस्थित बनाउन मन्त्री र मन्त्रालयका सचिवहरुलाई आफू १० बजे नै सिंहदरबार पुगेर उनीहरुसँग छलफल गर्ने र परिणाममुखी काम गर्न निर्देशन दिने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘‘।। मैले भनेको छु, अलिकति परम्परा बसेको कुरालाई तोडेर नयाँ काममा जाने काम शुरु गरेको छु । सिंहदरबारको कामलाई र मन्त्रालयको कामलाई मन्त्री र मन्त्रालयका सचिवहरुले कति काम गरे की गरेनन् । किन गरेनन् के भयो भन्नेकुरालाई आफैँ १० बजे सिंहदरबार उपस्थित हुने र मन्त्रीहरुसँग विस्तृत रुपले छलफल गर्ने र परिणाम निकाल्ने तयारी गर्नु भनेको छु । त्यो कामको शुरुवात म आफैँले गरेको छु ।’

प्रधानमन्त्री दाहालले अर्को वर्ष विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी आफू अघि बढीरहेको बताउनु भयो ।

 

तपाईको प्रतिक्रिया