Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २१ मंसिर  । शुक्रबार दिउँसो रातोपुलमा प्रहरीले गोली चलाउँदा घाइते भएका राजन लिम्बु ६ वटा घटनामा संलग्न भइ फरार रहेको भेटिएको छ ।

महानगरीय अपराध अनुसन्धान महशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले लिम्बु ६ वटा घटानमा संलग्न रही प्रहरीको वान्टेड सूचीमा रहेको बताएका हुन् । उनका अनुसार लिम्बु यसअघि पनि ६ वर्ष जेल बसेर निस्केका थिए ।

पछिल्लो पटक उनले १२ मंसिरमा इटहरीमा रहेको एक्टिभ मनी ट्रान्फरमा सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरेर ३ लाख रुपैयाँ लुटेका थिए । लिम्बुको घर पनि इटहरीमै छ ।

त्यसअघि ०६३ सालमा उनले रोयल कोअपरेटिभ लिमिटेडको कार्यालयमा प्रवेश गरेर ११ लाख ३० हजार रुपैयाँ लुटिएको घटनामा पनि संलग्न भएको प्रहरीको भनाइ छ । उनले त्यतिवेला पेस्तोल देखाएर लुटपाट गरेका थिए ।

०६३ सालमै उनले एक गेस्ट हाउसको काउन्टरमा पेस्तोल देखाएर ३ लाख ६१ हजार १ सय रुपैयाँ लुटेको अपराध महाशाखाले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया