Online Bichar
आइतबार, बैशाख ०९, २०८१ | Sunday, April 21, 2024

झापा, ९ पुस २०८० । झापाको गौरीगञ्जमा धानको कुन्युमा आगलागी हुँदा १ लाख ५० हजार बराबरको क्षति भएको छ । सोमबार दिउँसो १ः३० बजेको समयमा गौरीगञ्ज गाउँपालिका-१ का सुर्य सन्तोषी के.सी.को १ बिघा १६ कठ्ठाको धानको कुन्युमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

धानको परालको झ्यासमा आगो लगाइएकोमा अचानक धानको कुन्युमा आगो सल्किन गई आगलागी भएको जनाइएको छ । आगलागीबाट मानविय क्षति भने नभएको जनाइएको छ । आगो शिवसताक्षी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा ३ः४० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको प्रवक्ता रिजालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया