Online Bichar
शुक्रबार, बैशाख १८, २०८३ | Friday, May 1, 2026

काठमाडौं, ९ पुस २०८० । प्युठानको झिमरुक गाउँपालिका–३ पिपल रूख भन्ने स्थानमा दुईजना झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

स्थानीय कर्णबहादुर खड्काका कान्छी श्रीमती ३४ वर्षीया विष्णा खड्का र उनको जेठी श्रीमतीका छोरा २१ वर्षीय छोरा रोहित खड्का आज बिहान ८ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी इन्सपेक्टर हुमानन्द खनालले जानकारी दिए।

उनीहरू घरबाट दुईसय मिटर पर रहेको काफलको बोटमा झुन्डिएको अवस्थामा फेला परेको खनालको भनाइ छ। उनीहरूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर खनालले बताए।

 

 

तपाईको प्रतिक्रिया