Online Bichar
आइतबार, माघ १३, २०८१ | Sunday, January 26, 2025

एजेन्सी, ८ पुस २०८० । भारतको दक्षिणी राज्य तमिलनाडुमा यस हप्ता बाढी र वर्षाजन्य दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन्।

अप्रत्याशित वर्षाले थुप्रै जिल्लालाई नराम्ररी प्रभावित पारेको र तराईका क्षेत्रहरू डुबानमा परेका छन् भने, सडक र रेल सञ्वालमा गम्भीर असर परेको छ।

तमिलनाडुका मुख्य सचिव शिव दास मीनाले प्रभावित क्षेत्रहरूमा उद्धार कार्य पूरा भएको र आधारभूत सेवाहरूको पुनः स्थापनामा ध्यान केन्द्रित गरिएको बताएका छन्।

करिब १७५ सडक खण्ड बिग्रिएकामा १४० वटाको मर्मत गरिएको छ भने बाँकी सडकको पुनः निर्माण काम भइरहेको बताइएको छ। अत्यावश्यक खानेपानी आपूर्ति जस्ता अन्य सेवाहरू पुनः स्थापनको काम भइरहेको छ।

प्रभावित क्षेत्रका झण्डै ५० हजार मानिसलाई जलमग्न क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ। बाढी र अविरल वर्षाले ३ हजार ७ सय झुपडी र १ सय ७० स्थायी घरमा क्षति पुगेको छ।

डुबानका कारण १ लाख ८३ हजार हेक्टरमा लगाएको बालीमा क्षति पुगेको छ।

 

तपाईको प्रतिक्रिया