Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

सन्तवीर लामा
धनकुटा, २१ मंसिर  । धनकुटा नगरपालिका वडा नं। २ भीरगाँउको मालवासेमा बिहीबार राती भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा पाख्रिबास नगरपालिका घर भई हाल धनकुटा नगरपालिका ३ कागते बस्दै आएका ट्याक्टर सह–चालक वर्ष ३१ का दिपक राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

स्थानीय निबुवा खोलाबाट बालुवा लिएर आएकोे को २ त ६९७४ नम्बरको ट्याक्टरबाट बालुवा अनलोड गर्ने क्रममा ट्याक्टरको हाइडोलिकबाट ट्रलि नझरेपछि हेर्ने क्रममा ट्रलि झरेर राई मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया