Online Bichar
आइतबार, बैशाख ०२, २०८१ | Sunday, April 14, 2024

एजेन्सी, ५ पुस २०८० । गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २० हजार पुगेको छ । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् ।

यसैबीच वेस्ट बैंकमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३०१ र घाइतेको संख्या ३ हजार ३६५ पुगेको मन्त्रालयले जनाएको छ ।

गाजामा गत २४ घण्टामा इजरायलको आक्रमणमा २१४ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य ३ सय जना घाइते भएका छन् ।

अक्टोबर ७ देखि इजरायलले दक्षिणी इजरायलमा हमासको आक्रमणपछि गाजा पट्टीमा हमासविरुद्ध युद्ध शुरु गरेको थियो ।

जसमा इजरायली अधिकारीहरूका अनुसार लगभग १ हजार २ सय इजरायलीहरूको ज्यान गएको छ । मृत्यु हुनेमा ८ हजारभन्दा बढी बालबालिका र ६ हजार २ सय बढी महिलाहरू छन् ।

 

तपाईको प्रतिक्रिया