Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

काठमाडौँ, ४ पुस २०८० । भारतको देहरादुनमा भएको सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्णसहित ११ पदक जितेका छन् । टोलीका व्यवस्थापक समेत रहेका स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीले नेपाली खेलाडीले चार स्वर्णका अलावा थप तीन रजत र चार कांस्य जितेको बताउनुभयो ।

पुरुष ४५ केजीमुनि वृजेश रायमाझी, ३२ केजीमुनि रघुनाथ भण्डारी, ५० केजीमुनि सोफिक बराइली र ४५ केजीमुनि सुजित कार्कीले स्वर्ण जित्नुभयो। आभास डिओले पुरुष ३२ केजीमुनि र एकल पुम्सेमा गरी दुई रजत जिते भने ३७ केजीमुनि सोहन तामाङले रजत हात पार्नुभयो ।

पुरुष ४१ केजीमुनि क्षितिज घले, ५५ केजीमुनि अशिम घिमिरे, ३५ केजीमुनि दिप्सन थापा र एकल पुम्सेमा वृजेश रायमाझीले कांस्य प्राप्त गर्नुभयो । टोलीको प्रशिक्षकमा रन्जितबहादुर डंगौरा रहनुभएको थियउो । सबै खेलाडी एसकेबीसी तेक्वान्दो डोजाङका हुन् ।

 

तपाईको प्रतिक्रिया