Online Bichar
आइतबार, बैशाख ०९, २०८१ | Sunday, April 21, 2024

काठमाडौँ, ४ पुस २०८० । म्यासेजिङ एपमा साथी बनेर कुराकानी स्क्रिन रेकर्ड गरेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४४ वर्षीय डिल बहादुर गलामी छन् ।

गुल्मीको सत्यवती गाउँपालिका घर भएका गलामीलाई पुस २ मा बाँकेबाट पक्राउ गरिएको साइबर ब्युरोका सूचना अधिकारी (एसपी) पशुपति कुमार रायले बताए ।

वार्तालापको स्क्रिन रेकर्ड सम्पादन गरेर आरोपीले सामाजिक सञ्जालमा अश्लील सन्देश पोस्ट गरेर एकल महिलाको चरित्र हत्या गरेको आरोप छ ।
उनलाई विद्युतीय कारोबार ऐन–२०६३ को कसुरमा काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको एसपी रायले जानकारी दिए । जिल्ला सरकारी वकिल कार्यालयले उनिबिरुद्धको अभियोग पत्र असोज १९ मा जिल्ला अदालतमा दर्ता गराएको थियो ।

 

तपाईको प्रतिक्रिया