Online Bichar
सोमबार, बैशाख ०७, २०८३ | Monday, April 20, 2026

एजेन्सी, ३ पुस २०८० । मङ्गोलियाको राजधानी उलान बातोरमा मङ्गलबार बिहान एउटा अपार्टमेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले जनाए अनुसार बिहान ७:२ बजे आगलागी भएको हो। दक्षिणी जिल्ला खान-उलको १० तले अपार्टमेन्ट भवनमा आगलागी भएको हो।

सो आगलागीमा चार बालबालिकासहित एकै परिवारका पाँच सदस्यले ज्यान गुमाएका छन्। उपचारका क्रममा घाइते अन्य दुईजना व्यक्तिको मृत्यु भएको बताइएको छ। आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।

 

तपाईको प्रतिक्रिया