Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

उर्लाबारी, ३ पुस २०८० । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि मोरङको पथरीशनिश्चरे नगरपालिकाका चार जना खेलाडी छनोट भएका छन् । मोरङ जिल्ला क्रिकेट सङ्घले प्रकाशित गरेको प्रारम्भिक छनोटमा उहाँहरूको नाम सिफारिस भएको हो ।

पुस ३ गते हुने अन्तिम छनोटमा उहाँहरु सहभागी हुनुहुनेछ । छनौट हुनेमा दीपेश भण्डारी, आदर्श कार्की, अश्विन महत र दीप बस्नेत हुनुहुन्छ । महत र कार्की पथरीशनिश्चरे-१ का हुन् भने भण्डारी ३ नम्बर वडाका र बस्नेत ७ नम्बर वडाका हुन् । बस्नेत र महत बलर, कार्की व्याट्समेन र भण्डारी अलराउण्डर खेलाडी हुन् ।

चौंथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटमा भण्डारी र कार्की सम्मिलित टिम आइतवारे अस्त्रले उपाधि पाएको थियो । बस्नेत र महतले ुसात बाघु बाट खेल खेलेका थिए ।

मिनास थापा क्याप्टेन रहेको मोरङ रातोको टोलीमा महत र कार्की छन् भने लभ कामत क्याप्टेन रहेको मोरङ निलोमा बस्नेत छन् । भण्डारी सुवर्ण भने यादव क्याप्टेन रहेको मोरङ पहेँलोमा छन्।

क्यानमा आबद्ध कोशी प्रदेशका जिल्लाहरूबाट छनोट भएका खेलाडीहरू रहेको टिमले प्रधानमन्त्री क्रिकेट कप प्रतियोगिता खेल्न पाउनेछ ।

 

तपाईको प्रतिक्रिया