Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २० मंसिर । गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमती माया शेरचनलाई छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले बिहीबार उनलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

यसअघि १८ जेठमा उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ गरेको थियो ।

त्यसअघि महाशाखाले पक्राउ गरेको बस्न्यात समूहका सुटर उदयपुरका अमरबहादुर राना, बिर्तामोडका लोप्साङ लामा र नागार्जुनका रोशन बुढाथोकीको बयानका आधारमा उनलाई पक्राउ गरिएको थियो ।

उनीहरुले अदालत समक्ष बयान दिने क्रममा शेरचनले नै ३ ठूला अपराधिक घटनामा प्रयोग भएका हतियार उपलब्ध गराएको बताएका थिए । त्यसकै आधारमा महाशाखाले शेरचनविरुद्ध कर्तव्य ज्यान र संगठित अपराध मुद्दा चलाएको थियो ।

तपाईको प्रतिक्रिया