Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

एजेन्सी, ३० मंसिर २०८० । चिसोका कारण मंगोलियाको जनजीवन प्रभावित बनेको छ। मंगोलियाको अधिकांश भूभागमा तापक्रम घट्दै गएपछि जनजीवन कष्टकर बनेको हो। बिहीबारदेखि पश्चिमी मङ्गोलियन प्रान्त जाभखानको प्रशासनिक उपविभाग टेस सोममा तापक्रम माइनस ४६.२ डिग्री सेल्सियसमा झरेको छ।

देशका अन्य भागमा पनि माइनस २१ डिग्री सेल्सियसभन्दा बढी चिसो रहेको मंगोलियन मौसम विभागले जनाएको छ। आगामी केही दिन अझै देशभर हिउँ पर्ने क्रम जारी रहने अनुमान गरिएको छ। मौसम विभागले सम्भावित प्रकोपहरूबाट थप सावधानी अपनाउन आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया