Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

काठमाडौं २१ मंसिर । नेपाली कांग्रेस पार्टी पदाधिकारी संख्या बढाउने कि नबढाउने भन्नेमा ७ वर्ष लामो छलफल गर्दासमेत टुंगोमा पुग्न सकेको छैन। यो समाचार आजको नागरिक दैनिकमा छ ।

शीर्ष नेताहरू व्यक्तिगत र गुटगत लावहानीमा केन्द्रित हुँदा कांग्रेसले पदाधिकारीको विषय अझै टुंगो लगाउन नसकेको हो।

२०६९ चैतमा नवलपरासीको त्रिवेणीधाममा सम्पन्न महासमिति बैठकअघि देखि नै कांग्रेसमा पदाधिकारी थप गर्ने विषयले प्राथमिकता पाएको थियो।

तत्कालीन सभापति सुशील कोइराला उपसभापति र महामन्त्रीको केही संख्या थपको पक्षमा थिए। तर तत्कालीन पार्टी नेता शेरबहादुर देउवा सहमहामन्त्री बाहेक अन्य पद थपको विपक्षमा उभिए।

नेताहरुबीच नै सहमति जुट्न नसकेपछि महासमिति बैठकले पार्टी विधानमा सामान्य मात्र परिर्वतन गरेको थियो।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments