Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

काठमाडौं, २१ मंसिर । सरकारले ललितपुरको भैंसेपाटीमा संसद आवास गृहसहित ४१ वटा भवन बनाउने निर्णय गरेको छ। सैंवु आवास क्षेत्रमा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीहरूको निम्ति २७ वटा यस्ता भवन बन्ने भएका छन्।

प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालयका निम्ति अर्को १४ वटा भवन बनाउने निर्णय गत सोमबार बसेको मन्त्रीपरिषद्ले गरेको छ।

बिहीबार सञ्चार मन्त्री तथा सरकारकार प्रवक्ता गोकुल बास्कोटाले सार्वजनिक गरको उक्त निर्णय अनुसार ४१ वटै भवन बनाउन १४९ रोपनी चार आना ३ दाम जग्गा छुट्याईएको छ।

यस्तो संसद आवास बनाउन सरकारले निर्णय गरेकोले अब सहरी विकास मन्त्रालयले कार्यक्रम तय गरेर आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ।

आवास गृह दुई वर्ष्भित्र बनाइसक्ने गरी तयारी गरेको सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बताए।

उनले भने आवश्यक डिजाइन र निर्माण मोडालिटि तय गरेर यो योजनालाई अगाडि बढाउने काम मन्त्रालय अन्तर्गतकै सहरी विकास तथा भवन निर्माण विभागबाट हुने छ।, यो खबर आजको अन्नपुर्ण पोष्ट्मा छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments