Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

बुटवल, २४ मंसिर २०८० । पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल गाङ्सिङ डाँडामा आफैँले बोकेको भरुवा बन्दुक पड्किएर गएराति एक पुरुषको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ज्यान गुमाउनेमा स्थानीय ४८ वर्षीय डम्बर बहादुर सारु रहेका छन् ।

रातको समयमा फापर खान आएको जङ्गली जनवार (दुम्सी) मार्न जाने बेलामा बाटोमा चिप्लिएर आफैँले बोकेको बन्दुक पड्किँदा सारु घाइते भएका थिए । घाइते भएका उनलाई उपचारका लागि रामपुर अस्पताल पाल्पा लगिएको थियो । उनलाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया