Online Bichar
शुक्रबार, फाल्गुण ११, २०८० | Friday, February 23, 2024

काठमाडौँ, २४ मंसिर २०८० । एसीसी यू–१९ एसिया कपमा आज नेपाली टिमले अफगानिस्तानको सामना गर्ने भएको छ । प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो भने अफगानिस्तान भारतसँग सात विकेटले नै पराजित भएको थियो ।

दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा हुने यो खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ ।

 

तपाईको प्रतिक्रिया