Online Bichar
बुधबार, आश्विन १७, २०८० | Wednesday, October 4, 2023

बाँके, २० मंसिर ।  नेपालगञ्ज शिक्षण अस्पताल अगाडि रहेका दुईवटा मेडिकलमा बुधबार राति आगलागी भएको छ । आगलागीबाट करिब एक करोड रुपैयाँ मूल्य बराबरको औषधि जलेर नष्ट भएको संचालकहरुले जनाएका छन् ।

सफा मेडिकल र माया मार्फेसीमा राति एक्कासी विद्यतु सर्ट भई आगलागी हुुँदा औषधि जलेर नष्ट भएको पाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका इञ्चार्ज प्रहरी निरीक्षक नारायण डाङ्गीले जानकारी दिनुभयो ।

आगलागीको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोली र स्थानीयले दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिएको प्रहरी निरीक्षक डाङ्गीले बताउनुभयो । शिक्षण अस्पतालको अगाडि लागेको आगो तत्कालै नियन्त्रणमा लिइएका कारण ठूलो दुर्घटनाको जोखिमबाट बच्न सकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया