Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, २० मंसिर  । आज काठमाडौं उपत्यकामा यस वर्षकै जाडो छ । जाडो अझै बढ्दै जाने मौसमविदले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौंको न्युनतम तापक्रम ५.६ डिग्री सेल्सियस पुगेको छ ।

मौसमविद गंगा नगरकोटीले भनिन्, ‘आज बिहान साढे ६ बजेको तापक्रम यो वर्षमा अहिलेसम्मको कम हो ।’ नगरकोटीका अनुसार तापक्रम घट्ने र जाडो बढ्ने क्रम अझै जारी रहन्छ ।

मौसमविदका अनुसार मध्य र पश्चिम पहाडका उच्च भागका केही स्थानमा हल्का पानी पर्ने सम्भावना पनि छ । साथै उच्च हिमाली भागमा हिमपात हुने छ ।

तपाईको प्रतिक्रिया