Online Bichar
मंगलबार, फाल्गुण २२, २०८० | Tuesday, March 5, 2024

झापा, २१ मंसिर २०८० । झापाको बिर्ता युनाइटेड क्लब पाँचथरमा जारी ‘प्रथम वाइवाई किराँत गोल्डकप २०८०’को फाइनलमा पुगेको छ । बिहीबार फिदिम माविको खेल मैदानमा सम्पन्न अन्तिम सेमिफाइनलमा ताप्लेजुङको कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङलाई हराउँदै झापा किराँत गोल्डकपको उपाधि नजिक पुगेको हो ।

सेमिफाइनलमा झापाले ताप्लेजुङलाई २–१ गोल अन्तरले हरायो । ताप्लेजुङका दिपेश लिम्बूले खेल सुरु भएको आठ मिनेटमैगोल गरेर आफ्नो टिमको खाता खोल्नुभएको थियो । तर झापाका रोशन भुजेलले ३१औँ मिनेटमा जवाफी गोल फर्काएर ताप्लेजुङसँग बराबरीमा पुर्‍याउनुभयो । झापाका प्रदीप बुडाथोकीले पहिलो हाफको इन्जुरी समयमा थप गोल गर्नुभयो । बुडाथोकीको सो गोल झापाका लागि निर्णायक बन्यो । बुडाथोकी म्यान अफ दि म्याच घोषित हुँदै पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

झापाले अब उपाधिका लागि मङ्सिर २३ गते डिएफसी क्लब क्लब मोरङसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा पहिलो हुने टिमले चार लाख चार हजार चार सय ४४ रुपियाँ र दोस्रो हुनेले दुई लाख दुई हजार दुई सय २२ रुपियाँ पाउने आयोजक पाँचथर फुटबल क्लबले जनाएको छ ।गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया