काठमाडौं, १७ मंसिर २०८० । नेपाल सुपर लिग (एन.एस.एल) फुटबलमा आज बुटवल–लुम्बिनी एफ.सी र स्पोर्टीङ इलाम भिड्नेछन् ।
खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुबै टोलीको यो तेस्रो खेल हो । इलामले यसअघिका दुईमध्ये एक खेल जितेको छ भने एक खेल हारेको छ । बुटवल लुम्बिनीले भने दुवै खेल हारेको छ ।
एन.एस.एल फुटबलमा हिजो ललितपुर सिटी एफ.सी.सँग बराबरी खेलेको धनगढी एफ.सी अंक तालिकाको शिर्ष स्थानमा यथावत छ । ललितपुर र धनगढीले हिजो गोल रहित बराबरी खेलेका हुन् ।
हिजै भएको पहिलो खेलमा पोखरा थन्डर्स र झापा एफ।सी।ले १–१ गोलको बराबरीमा चित्त बुझाए । हिजोका खेलहरुपछि नेपाल सुपर लिग फुटबलको तालिकामा धनगढीले ३ खेलबाट ७ अंक जोडेको छ । दोस्रो स्थानको पोखरा थन्डर्स र तेस्रो स्थानको ललितपुरको समान ५–५ अंक छ ।