Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

काठमाडौं, २० मंसिर  । मानिसको मृत्यु भइसकेपछि उसको अंगलाई जीवित मानिसको शरीरमा प्रत्यारोपण गर्नु निकै महत्वपूर्ण मानिन्छ । तर, विश्वमै पहिलो पटक मृत महिलाको गर्भाशय जीवित महिलामा प्रत्यारोपण गरिएको छ ।

यति मात्र होइन, गर्भाशय प्रत्यारोपण गरिएकी महिलाले एक स्वस्थ बच्चीलाई जन्म पनि दिएकी छन् ।

ब्राजिलको साओपाओलो शहरमा २०१६ मा मृत महिलाको शरीरबाट गर्भाशय निकालेर अर्को महिलामा प्रत्यारोपण गरिएको थियो । १० घन्टासम्म चलेको प्रत्यारोपणपछि महिलाको फर्टि्लिटी ट्रिटमेन्ट गरियो ।

यसअघि पनि मृत महिलाको गर्भाशय प्रत्यारोपण प्रयास भएको थियो तर, सबै अपरेशन अफल भएको थियो तर महिलाको गर्भपात भयो ।

यो पटक जुन महिलाको गर्भाशय लिइएको थियो, उनी तीन बच्चाकी आमा थिइन् र दिमागबाट रगत बगेका कारण मृत्यु भएको थियो ।

गर्भाशय प्रत्यारोपण गरिएकी महिला मेयर कोकिटानस्की होजर सिन्ड्रोम पीडित थिइन्, जुन हरेक साढे चार हजारमध्ये एक महिलामा पाइन्छ । यो सिन्ड्रोमका कारण योनी र गर्भाशय सही रुपमा विकसित भएको हुँदैन । यद्यपि गर्भाशय पाउने महिलाको अण्डाशय ठीक थियो ।

डाक्टरहरुले आमा बन्ने महिलाको शरीरबाट अण्डाशय आउनुअघि पिता बन्ने व्यक्तिको स्पर्मलाई फर्टिलाइज गरे । त्यसपछि महिलालाई यस्तो औषधि दिइयो, जसले उनको रोग प्रतिरोधक क्षमता बढी भयो । रोग प्रतिरोधक क्षमता राम्रो नभएको भए गर्भाशय शरीरमा ठीकसँग व्यवस्थित हुन अवरोध खडा हुनसक्थ्यो । यसको छ सातापछि महिलाको रजस्वला हुन सुरु भयो ।

सात महिनापछि फर्टिलाइज्ड अण्डाशयलाई महिलाको गर्भाशयमा राखियो । १५ डिसेम्बर २०१७ मा गर्भाशय पाउने महिलाले अपरेशनमार्फत २.५ किलोग्रामको स्वस्थ बच्चालाई जन्म दिइन् ।

साओपाओलोको हस्पिटल दास क्लिनिकका डा. दानी एजेनबर्ग भन्छन्, ‘जीवित दानकर्ताको गर्भाशयको प्रत्यारोपण मेडिकल क्षेत्रमा कोशेढुंगा सावित भएको थियो । यसले आमा बन्न नसकेका महिलाहरुलाई मद्दत गर्‍यो । तर, जीवित दाता भेट्टाउन असम्भव जस्तै थियो ।’

तपाईको प्रतिक्रिया